Posts

Showing posts from March, 2023

Best Dental Clinic In Dhangadi दात तथा मुखलाइ कसरी स्वस्थ्य राख्ने

Image
शरीर  भित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर  मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन। त्यसैले यो पटक 'आफ्नो मुखप्रति गर्व गरौं' भन्ने नारा राखिएको हो। दात तथा मुख सफा भएन भने विभिन्न किसिमका रोगहरु लाग्न सक्छ। त्यसैले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।  ‘जहाँ फोहोर त्यहाँ रोगको घर भन्ने गरिन्छ, हामीले खाना खाँदासम्म त्यो पौष्टिक पदार्थ हो, तर खाना खाइसकेपछि दाँत तथा गिजामा दबिएर बस्ने खाना फोहोर पदार्थ हो ।  ‘त्यो फोहोरले नै दाँत तथा मुखमा रोगहरु निम्त्याउने गर्छ।’ मुखमा खानेकुराहरु अड्किएर बस्दा यस्ता रोगहरु लाग्न सक्छ – दाँत खिइने, – दाँतमा किरा लाग्ने, – दाँत सिरिङ सिरिङ हुने, – गिजाबाट रगत बग्ने, – दाँत हल्लिने, – मुखभित्र घाउ खटिरा आउने, – गिजा सुन्निने समस्याहरु देखिन सक्छ। यस्तै नियमित सूर्तिजन्य पदार्थको सेवन गर्दा दाँत तथ...