दाँत माझ्दा किन बग्छ गिजाबाट रगत ?
गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन्। गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ। गिजाबाट रगत आउने, श्वास गन्हाउने वा गिजा सुन्निने समस्याको उपचार मेसिनको सहायताले दाँतका सबै सतह र गिजाको भित्री सतहलाई सफा गरेर गरिन्छ। जसलाई हामी ओरल प्रोफिल्याक्सिस वा साधारण भाषामा दाँतको स्केलिङ भन्छौं। मैले यो विधिलाई मोटरसाइकल वा गाडीको सर्भिसिङसँग दाँज्ने गरेको छु। समस्या आएमा मात्र बाइक वा कार देखाउन जाने होइन। नियमित सर्भिसिङको टाइम–टेबल हुन्छ। त्यस्तै हाम्रो मुखको स्वास्थ्यको पनि नियमित चेकअप र उपचार गराउने टाइम–टेबल बनाएको खण्डमा मुख स्वस्थ रहन्छ। समय–समयमा परीक्षण र उपचार नगरे दाँत तथा गिजामा समस्या बल्झेर उपचार समेत महँगो पर्न जान्छ। दाँत माँझ्दा किन रगत बग्छ?, यो कस्तो खालको रोग वा समस्या हो?, गिजाबाट रगत बग्ने कारण के–के हुन् ?, रगत बग्न नदिने केही घरेलु उपाय छ?, कस्तो अवस्थामा अस्पताल जाने?, कसलाई देखाउने? यी विषयमा जानकारी दिन चाहन्छु। दाँत माँझ्दा किन रगत बग्छ? गिजा स्वस्थ छैन भने दाँत माँझ...
Comments
Post a Comment