बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु

प्रारम्भिक परिवर्तनहरूमध्ये एक बुद्धि बंगारा आउनु हो। यो सबैभन्दा भित्री दाँत हो र यसलाई तेस्रो बंगाराको रुपमा लिइन्छ। बुद्धि बंगराको सेटले  दाँतको  ३२ संख्या  पूरा गरेको हुन्छ। 


तीनवटा मोलरमध्ये एक मानिएको बुद्धि बंगारा १७ देखि २५ वर्षको किशोरावस्थाको उमेरमा आउने गर्छ।  जे होस्, बुद्धि बंगारा आउनु ज्ञान प्राप्ति वा अनुभव प्राप्तिसँग कुनै सम्बन्ध छैन र यो केवल एउटा  मिथ्या  मात्र हो। वर्षौंदेखिको, जीवनशैलीको ढाँचा र आहार बानीमा आएको परिवर्तनले बङ्गारा र  हड्डी वृद्धिसहित मानव शरीरको वृद्धि र विकासको ढाँचामा धेरै नै परिवर्तनहरू ल्याएको छ।

वृद्धिमा सहयोग गर्ने कच्चा र प्राकृतिक खानेकुराको सट्टा परिष्कृत र प्याक गरिएको खानेकुराको सेवनले बङ्गारा र यस्को हड्डी वृद्धिलाई सीमित पार्छ र बुद्धि बंगाराको विकासको लागि आवश्यक पर्ने ठाउँलाई संकुचित पार्छ। 

तेस्रो मोलर आउनको लागि कुनै विशेष सिद्धान्त छैन, यो केवल प्रकृति अनुकूलन हो। यो व्यक्ति अनुसार फरक हुने गर्छ। क़सैमा यो सबै चार पूर्ण रूपमा आएको हुन्छ भने कसैमा एउटा पनि नहुन सक्छ वा कसैमा एक वा दुई आंशिक रूपमा वा पूर्ण रूपमा  आएको पनि  हुन सक्छ।

आंशिक रूपमा आएका दाँत माझ्न गाह्रो भएकोले यसको वरिपरि फोहोर  जम्न सक्छ  र सास गन्हाउन थाल्छ। त्‍यस्ता दाँतहरु किराले ख़ाने उच्च जोखिममा हुन्छ। संक्रमित बुद्धि बंगाराले सुन्निने, बङ्गारा दुख्ने, मुख खोल्न अप्ठेरो  हुने र अप्रिय स्वादको अनुभूति गराउन सक्छ। कतिपयलाइ कान र टाउको दुख्‍ने पनि हुनसक्छ। हड्डी भित्र गाडिएर  बसेका दाँतले आफू सगैको छेउछाउको दाँतसँग ठोक्किदा, आफ्नो वरिपरिक़ा दातँलाइ  पनि हानि गर्न सक्छ र यसको असर स्वरुप सिस्ट (संक्रमित तरल पदार्थले भरिएको थैली) पनि बन्न सक्छ।

ठाउँको कमीको कारण, बुद्धि बंगाराहरू स

जिलैसँग आउन गाह्रो हुन्छ र यो आउने क्रममा दुखाइ हुन सक्छ। यदि दुखाइ जारी रह्यो भने, तपाईंले आफ्नो दन्त चिकित्सकलाई भेट्नुपर्छ। प्रभावित तेस्रो मोलर लक्षण वा लक्षण बिहिन  एक सामान्य प्रक्रिया हो जुन ओरल र म्याक्सिलोफेसियल सर्जनद्वारा गरिन्छ। रोगग्रस्त वा लक्षणात्मक दाँत हटाउनाले दुखाइ कम हुनुको साथै मुख स्वास्थ्यमा पनि सुधार गर्दछ।

Comments

Popular posts from this blog

दात सिरिङ सिरिङ हुने कारण र यसको समाधानको उपाय !

के दाँत सफा गर्दाे कमजोर हुन्छ ?

Best Dental Clinic In Dhangadi दात तथा मुखलाइ कसरी स्वस्थ्य राख्ने