के दाँत सफा गर्दाे कमजोर हुन्छ ?

दाँत सफा गर्दाे कमजोर हुन्छ भन्ने आम धारणा रहेको छ ।सफा गरेपछि दाँत सफा गरेपछि कमजोर हुने होइन, प्राय मानिसमा दुई किसिमको फोहोर पाइने गरिन्छ । एउटा हो डेन्टल क्लाकुलस जुन ढुङ्गा जस्तो हुने गर्छ र धेरैलाई यसको बारेमा थाहा पनि हुँदैन । दाँतको भित्र ढुङ्गा जस्तो फरमेसन देखियो भने प्रायले यसलाई दाँत नै भन्ने सोच्छन् तर यो क्लाकुलस हो । यस्तो फोहोरहरु छन् भने चाँहि यसले बिस्तारै गिजालाई असर गरिरहको हुन्छन् । त्यसैले यो क्लाकुलस छ भने निकाल्नु पर्ने हुन्छ । त्यसैगरी अर्को भनेको स्टेन हो । स्टेन चाहिँ विशेषगरी कफी, चिया, चियापत्तीको आइटमहरु, टोब्याको, चुरोट, तम्बाखुहरु प्रयोग गर्यो भने दाँतमा सानो सानो कालो दाग बस्न जान्छ र यो दागहरु सफा गर्दा दाँत सफा गर्नु पर्ने हुन्छ । क्लाकुलस सफा गर्दा दाँत र गिजाको बिचमा सफा गरिन्छ तर यो स्टेन्स सफा गर्दा दाँत नै सफा गर्नु पर्ने हुँदा बिस्तारै इनामेल जाने हुन्छ।दाँत प्रत्येक ६/६ महिनामा सफा गर्नु आवश्यक हुन्छ ।