कसरी बिग्रिन्छ दाँत? यसको समाधानको उपाय के ?


मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ।

दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो।

हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग सफा गरिएन भने दिनदिनै खानेकुरा टासिँदै जान्छ।

दाँतमा जम्मा भएको खानेकुरा मुखमा भएका हजारौं किटाणुका कारण एसिड बन्छ। त्यही एसिडले दाँत बिगार्न थाल्छ। त्यसैलाई बोलीचालीको भाषामा किरा लागेको भनिन्छ। दाँतमा किरा लाग्ने भनेको किरा नै निस्किने भन्ने होइन। मुखमा रहेको किटाणुले बनाउने एसिडले दाँतलाई बिस्तारै बिगार्दै लैजाने भन्ने हो।

शरीरको बलियो अंगमध्ये दाँत पनि एक हो। तर यति बलियो दाँतलाई पनि किटाणुले उत्पादन गरेको एसिडले बिगार्दै लैजान्छ।

स्वस्थ दाँतको माथिको भागमा रहेको सेतो भागलाई इनामेल भनिन्छ। इनामेल भनेको शरीरको सबैभन्दा बलियो भाग हो। इनामेलको पछि पहेलो भाग रहेको हुन्छ जसलाई डेन्टिन भनिन्छ। डेन्टिनको मूनि पल्फ चेम्बर भन्ने तत्व हुन्छ। बिस्तारै दाँतमा किरा लाग्न थाल्छ, यसले इनामेललाई असर गर्छ।

कसरी उपचार गर्ने?

दाँतमा किरा लाग्ने भनेको एसिडले असर गर्नु हो। किरा लाग्ने क्रम बिस्तरै डेन्टिनमा जान्छ। त्यतीबेलासम्म पनि उपचार भएन भने एसिडले नसा भएको ठाउँसम्म हानी गर्छ। दाँतको इनामेलमा किरा लाग्दैमा उपचार गरे सामान्य फिलिङ (भरेर) गरेर मात्रै हुन्छ। कतिपय अवस्थामा अन्य घरेलु उपचारले पनि निको हुन्छ।

त्यसपछि पनि उपचार भएन र पहेँलो भागसम्म किटाणुको असर पुग्यो भने दाँत सिरिङ हुने अप्ठेरो हुँदै जाने केही टोक्दा असहज हुने हुन्छ।

यो बेलामा दाँतमा फिलिङ गरेर दाँतलाई सुधार्न सकिन्छ। तर यसबाट बिग्रिएर तलको नसासम्म गयो भने बिरामीलाई गाह्रो हुँदै जान्छ। दुख्न थाल्छ, चिसोमा एकदम सिरिङ हुने र तातोमा पनि बिस्तारै बिग्रिन्छ केही टोक्न हुँदैन अनि रातभरि सुत्न नसक्ने पनि हुन्छ।

यस्तो भयो भने नसैसम्मको उपचार गर्नुपर्छ जसलाई अरसीटी गर्ने भनिन्छ। कहिलेकाहीँ हाम्रो लापरबाहीले यो संक्रमण फैलिएर भित्रैसम्म पुग्छ जसले गर्दा ब्याक्टेरिया पनि भित्रैसम्म जान्छ। त्यसो भए दाँतको जरा वरिपरिको हड्डी बिगार्न थाल्छ। त्यस्तो अवस्थामा दाँत सुन्निने, तातो/चिसो खाँदा गाह्रो हुने दाँतहरू टुक्रिएर जाने समस्या देखिन थाल्छ।

गिजाको रोग

दाँतको अर्को रोग भनेको गिजाको रोग हो। गिजाले दाँतलाई समातेर बसेको हुन्छ। दाँत सफा गरिएन भने गिजामा असर गर्छ। दाँतको भागमा लेउजस्तो जमेको हुन्छ। यसलाई निकाल्न प्रत्येक १२ घन्टामा ब्रस गर्नुपर्छ। सफाइ नगरे गिजा र हड्डीलाई असर गर्छ। यसले गिजा सुन्निने, रगत आउने, सास गन्हाउने हुन्छ। अझै लापरबाही गर्दै गयो भने किटाणु जम्दै जान्छन् अनि दाँत पनि हल्लिन थाल्छ। यस्तो अवस्थामा या त ठुलै अपरेशन गर्नुपर्छ वा दाँत निकाल्नुपर्छ।

दाँतको धेरै रोगहरू उपचार गर्न सकिने र रोक्न सकिने हुन्छ। दाँत उमेर पुगेपछि झर्छ भन्ने छैन सुरूदेखि उपचार गर्यो भने दाँतले दु:ख दिँदैन।

यसका लागि दिनको दुईपटक ब्रस गर्नुपर्छ।

ब्रस कसरी गर्ने?

बिहानको खाजा खाएपछि र रातिको खाना खाएपछि ब्रस गर्न जरूरी छ। नरम ब्रसले ब्रस गर्नुपर्छ।

फ्लोराइड भएको टुथ पेष्ट प्रयोग गर्नुपर्छ। ब्रस ऐना हेरेर गरेको राम्रो हुन्छ। दुई मिनेट ब्रस गर्न अनिवार्य छ।

धेरैले २० सेकेन्ड सक्छन्। एउटा कुनाबाट ब्रस गरेर अर्को कुनामा लैजानुपर्छ। पछाडिबाट अगाडि अगाडिबाट पछाडि गर्नुपर्छ। ब्रसलाई ४५ डिग्री एंगलमा राख्नुपर्छ। (ब्रस गर्ने तरिका तल भिडिओमा देखाइएको छ।)

दाँत माझेपछि जीब्रोमा पनि सफा गरियो भने मुख राम्रो हुन्छ। यति गर्दा ६० प्रतिशत काम सकिन्छ।

त्यसपछि डेन्टल फ्लसको सहयोगले यो काम गर्न सकिन्छ। एउटा धागोले दाँतको बीचबीचमा सफा गर्नुपर्छ। यो काम सुरूमा झन्झटिलो जस्तो लागे पनि १ मिनेटमै काम सकिन्छ। दाँत र गिजा सफा गराउनपर्छ र हरेक छ महिनामा यसको परीक्षण गर्नुपर्छ। यति गरियो भने खर्च पनि धेरै हुँदैन।

आजकाल भोजको खाना र जंक फुडले दाँतको समस्या बढाएको छ। शहरमा दाँतमा किरा लाग्ने र गाउँमा गिजामा समस्या देखिने गरेको छ। शहरमा प्याकेटको खाना बढी हुने र गाँउमा तुलनात्मक रूपमा कम देखिँदा शहरमा दाँतको समस्या बढी छ। चिकित्सकहरूले प्याकेटको खाना रोगको दाना भनेर थेगो नै बनाएका छन्। प्याकेटको खाना त बच्चाहरूलाई दिन सकेसम्म निषेध नै गर्छौं

Comments

Popular posts from this blog

दात सिरिङ सिरिङ हुने कारण र यसको समाधानको उपाय !

के दाँत सफा गर्दाे कमजोर हुन्छ ?

Best Dental Clinic In Dhangadi दात तथा मुखलाइ कसरी स्वस्थ्य राख्ने