Posts

Best Dental Clinic In Dhangadi दात तथा मुखलाइ कसरी स्वस्थ्य राख्ने

Image
शरीर  भित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो। तर  मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन। त्यसैले यो पटक 'आफ्नो मुखप्रति गर्व गरौं' भन्ने नारा राखिएको हो। दात तथा मुख सफा भएन भने विभिन्न किसिमका रोगहरु लाग्न सक्छ। त्यसैले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।  ‘जहाँ फोहोर त्यहाँ रोगको घर भन्ने गरिन्छ, हामीले खाना खाँदासम्म त्यो पौष्टिक पदार्थ हो, तर खाना खाइसकेपछि दाँत तथा गिजामा दबिएर बस्ने खाना फोहोर पदार्थ हो ।  ‘त्यो फोहोरले नै दाँत तथा मुखमा रोगहरु निम्त्याउने गर्छ।’ मुखमा खानेकुराहरु अड्किएर बस्दा यस्ता रोगहरु लाग्न सक्छ – दाँत खिइने, – दाँतमा किरा लाग्ने, – दाँत सिरिङ सिरिङ हुने, – गिजाबाट रगत बग्ने, – दाँत हल्लिने, – मुखभित्र घाउ खटिरा आउने, – गिजा सुन्निने समस्याहरु देखिन सक्छ। यस्तै नियमित सूर्तिजन्य पदार्थको सेवन गर्दा दाँत तथ...

के दाँत सफा गर्दाे कमजोर हुन्छ ?

Image
दाँत सफा गर्दाे कमजोर हुन्छ भन्ने आम धारणा रहेको छ ।सफा गरेपछि दाँत सफा गरेपछि कमजोर हुने होइन, प्राय मानिसमा दुई किसिमको फोहोर पाइने गरिन्छ । एउटा हो डेन्टल क्लाकुलस जुन ढुङ्गा जस्तो हुने गर्छ र धेरैलाई यसको बारेमा थाहा पनि हुँदैन । दाँतको भित्र ढुङ्गा जस्तो फरमेसन देखियो भने प्रायले यसलाई दाँत नै भन्ने सोच्छन् तर यो क्लाकुलस हो । यस्तो फोहोरहरु छन् भने चाँहि यसले बिस्तारै गिजालाई असर गरिरहको हुन्छन् । त्यसैले यो क्लाकुलस छ भने निकाल्नु पर्ने हुन्छ । त्यसैगरी अर्को भनेको स्टेन हो । स्टेन चाहिँ विशेषगरी कफी, चिया, चियापत्तीको आइटमहरु, टोब्याको, चुरोट, तम्बाखुहरु प्रयोग गर्यो भने दाँतमा सानो सानो कालो दाग बस्न जान्छ र यो दागहरु सफा गर्दा दाँत सफा गर्नु पर्ने हुन्छ । क्लाकुलस सफा गर्दा दाँत र गिजाको बिचमा सफा गरिन्छ तर यो स्टेन्स सफा गर्दा दाँत नै सफा गर्नु पर्ने हुँदा बिस्तारै इनामेल जाने हुन्छ।दाँत प्रत्येक ६/६ महिनामा सफा गर्नु आवश्यक हुन्छ ।

बच्चाको दुधे दाँत झरे पनि केही फरक पर्छ ?

Image
बच्चाको दुधे दाँत झरे पनि केही फरक पर्दैन भन्ने आम धारणा रहेको पाइन्छ । बच्चाको दुधे दाँतले स्थाई दाँत बस्नका लागि ठाउँ दिने गर्छ । जसकारण दाँत ठाउँमा नै पलाउनका लागि सहयोग गर्छ । समय नै नपुगी बच्चाको दुधे दाँत झरेको अवस्थामा त्यसले दाँतले पाउने स्थान नपाउन पनि सक्छ । शरीरका अन्य अंगको जस्तै दाँतको पनि त्यतिकै महत्व रहेको हुन्छ । दुधे दाँत समय अगाडि नै झरेको अवस्थामा दाँत रहेको ठाउँमा रहेको नशाको भागलाई असर गरी इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले बच्चाको दुधे दाँतलाई पनि शरीरका अन्य अंगलाई जस्तै हेरचाह गर्न आवश्यक हुन्छ । धेरै समय लगाएर दाँत ब्रस गर्दा बढी चम्किलो हुन्छ आम मानिसहरुमा दाँत स्वास्थ्य सम्बन्धी रहेको एक भ्रम धेरै समय लगाएर बस्र गर्दाे दाँत बढी चम्किलो हुन्छ भन्ने पनि हो । दाँत ब्रस गर्दाे कति समय लगाउने, कस्तो ब्रसको प्रयोग गर्ने, कस्तो मन्जन प्रयोग गर्ने भन्ने एउटा मापदण्ड नै रहेको छ । दाँत ब्रस गर्दा निम्नानुसार मापदण्डको पालना गर्नुपर्ने हुन्छ । ब्रस गर्दा हतार नगरी बिस्तारै गर्ने र तुरुन्तै पानीले कुल्ला गर्नु भन्दा ब्रस लाई सफा गर्ने मुखमा भएको पेस्ट थुक्न...

दात सिरिङ सिरिङ हुने कारण र यसको समाधानको उपाय !

Image
१) गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ। २) एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ। ३) कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ।  ४) मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ। ५) यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ ६) अन्य कारणहरुः १) गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ। २) एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ। ३) कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ।  ४) मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ। ५) यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ ६) अन्य कारणहरुः NIMB ...

कसरी बिग्रिन्छ दाँत? यसको समाधानको उपाय के ?

Image
मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ। दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो। हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग सफा गरिएन भने दिनदिनै खानेकुरा टासिँदै जान्छ। दाँतमा जम्मा भएको खानेकुरा मुखमा भएका हजारौं किटाणुका कारण एसिड बन्छ। त्यही एसिडले दाँत बिगार्न थाल्छ। त्यसैलाई बोलीचालीको भाषामा किरा लागेको भनिन्छ। दाँतमा किरा लाग्ने भनेको किरा नै निस्किने भन्ने होइन। मुखमा रहेको किटाणुले बनाउने एसिडले दाँतलाई बिस्तारै बिगार्दै लैजाने भन्ने हो। शरीरको बलियो अंगमध्ये दाँत पनि एक हो। तर यति बलियो दाँतलाई पनि किटाणुले उत्पादन गरेको एसिडले बिगार्दै लैजान्छ। स्वस्थ दाँतको माथिको भागमा रहेको सेतो भागलाई इनामेल भनिन्छ। इनामेल भनेको शरीरको सबैभन्दा बलियो भाग हो। इनामेलको पछि पहेलो भाग रहेको हुन्छ जसलाई डेन्टिन भनिन्छ। डेन्टिनको मूनि पल्फ चेम्बर भन्ने तत्व हुन्छ। बिस्तारै दाँतमा किरा लाग्न थाल्छ, यसले...

दाँतमा कीरा लाग्ने कारण र समाधानका उपायहरू

Image
पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ । स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ । जसमध्ये सबैभन्दा बढी देखिने भनेको दाँतमा कीरा लाग्ने समस्या हो । यसको समयमा उपचार नहुँदा दाँत नै काम नलाग्नेसम्मको अवस्था आउँछ । दाँतमा कीरा लाग्ने कारण दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । चिनीजन्य खानेकुरा अत्यधिक खाँदा दाँतमा अड्किने, टाँसिने, चिउरा, रोटी, चाउचाउ, बिस्कुट जस्ता अन्य खानेकुरा खाएपछि मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ । दाँतमा अड्किएर बसेको जीवाणु सडेपछि त्यसले एसिड उत्पादन गर्छ । त्यो खानेकुराले बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ र दाँतमा भएको खनिज खिइँदै जान्छ । खनिज दाँतलाई बलियो बनाइराख्ने तत्व हो । दाँत खिइँदै पनि जाने भएकाले खानेकुरा झनै अड्किंदै जान्छ । कीर...

दाँत माझ्दा किन बग्छ गिजाबाट रगत ?

Image
गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन्। गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ। गिजाबाट रगत आउने, श्वास गन्हाउने वा गिजा सुन्निने समस्याको उपचार मेसिनको सहायताले दाँतका सबै सतह र गिजाको भित्री सतहलाई सफा गरेर गरिन्छ। जसलाई हामी ओरल प्रोफिल्याक्सिस वा साधारण भाषामा दाँतको स्केलिङ भन्छौं। मैले यो विधिलाई मोटरसाइकल वा गाडीको सर्भिसिङसँग दाँज्ने गरेको छु। समस्या आएमा मात्र बाइक वा कार देखाउन जाने होइन। नियमित सर्भिसिङको टाइम–टेबल हुन्छ। त्यस्तै हाम्रो मुखको स्वास्थ्यको पनि नियमित चेकअप र उपचार गराउने टाइम–टेबल बनाएको खण्डमा मुख स्वस्थ रहन्छ। समय–समयमा परीक्षण र उपचार नगरे दाँत तथा गिजामा समस्या बल्झेर उपचार समेत महँगो पर्न जान्छ। दाँत माँझ्दा किन रगत बग्छ?, यो कस्तो खालको रोग वा समस्या हो?, गिजाबाट रगत बग्ने कारण के–के हुन् ?, रगत बग्न नदिने केही घरेलु उपाय छ?, कस्तो अवस्थामा अस्पताल जाने?, कसलाई देखाउने? यी विषयमा जानकारी दिन चाहन्छु। दाँत माँझ्दा किन रगत बग्छ? गिजा स्वस्थ छैन भने दाँत माँझ...