Posts

Showing posts from January, 2023

दाँतमा कीरा लाग्ने कारण र समाधानका उपायहरू

Image
पछिल्लो समय आम नागरिकमा रोगबारे सचेतना बढ्दै गएको छ । तर मुख तथा दन्त स्वास्थ्यमा भने त्यति चासो दिइएको पाइँदैन । सामान्य लाग्ने दन्तरोग प्रायःजसो व्यक्तिमा पाइन्छ । यो जुनसुकै उमेरमा पनि लाग्न सक्छ । स्वस्थ छौं भने पनि दाँतको सरसफाइ नहुँदा दाँत कमजोर हुँदै कीरा लाग्नेदेखि विभिन्न मुख तथा दन्त समस्या देखा पर्न सक्छ । जसमध्ये सबैभन्दा बढी देखिने भनेको दाँतमा कीरा लाग्ने समस्या हो । यसको समयमा उपचार नहुँदा दाँत नै काम नलाग्नेसम्मको अवस्था आउँछ । दाँतमा कीरा लाग्ने कारण दाँतमा कीरा विभिन्न कारणले लाग्छ । खानेकुरा खाएपछि राम्रोसँग सफा नहुँदा दाँत फोहोर हुन्छ र कीरा लाग्छ । चिनीजन्य खानेकुरा अत्यधिक खाँदा दाँतमा अड्किने, टाँसिने, चिउरा, रोटी, चाउचाउ, बिस्कुट जस्ता अन्य खानेकुरा खाएपछि मुख कुल्ला गरिएन भने दाँतमा कीरा लाग्ने सम्भावना बढी हुन्छ । दाँतमा अड्किएर बसेको जीवाणु सडेपछि त्यसले एसिड उत्पादन गर्छ । त्यो खानेकुराले बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ र दाँतमा भएको खनिज खिइँदै जान्छ । खनिज दाँतलाई बलियो बनाइराख्ने तत्व हो । दाँत खिइँदै पनि जाने भएकाले खानेकुरा झनै अड्किंदै जान्छ । कीर...

दाँत माझ्दा किन बग्छ गिजाबाट रगत ?

Image
गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन्। गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ। गिजाबाट रगत आउने, श्वास गन्हाउने वा गिजा सुन्निने समस्याको उपचार मेसिनको सहायताले दाँतका सबै सतह र गिजाको भित्री सतहलाई सफा गरेर गरिन्छ। जसलाई हामी ओरल प्रोफिल्याक्सिस वा साधारण भाषामा दाँतको स्केलिङ भन्छौं। मैले यो विधिलाई मोटरसाइकल वा गाडीको सर्भिसिङसँग दाँज्ने गरेको छु। समस्या आएमा मात्र बाइक वा कार देखाउन जाने होइन। नियमित सर्भिसिङको टाइम–टेबल हुन्छ। त्यस्तै हाम्रो मुखको स्वास्थ्यको पनि नियमित चेकअप र उपचार गराउने टाइम–टेबल बनाएको खण्डमा मुख स्वस्थ रहन्छ। समय–समयमा परीक्षण र उपचार नगरे दाँत तथा गिजामा समस्या बल्झेर उपचार समेत महँगो पर्न जान्छ। दाँत माँझ्दा किन रगत बग्छ?, यो कस्तो खालको रोग वा समस्या हो?, गिजाबाट रगत बग्ने कारण के–के हुन् ?, रगत बग्न नदिने केही घरेलु उपाय छ?, कस्तो अवस्थामा अस्पताल जाने?, कसलाई देखाउने? यी विषयमा जानकारी दिन चाहन्छु। दाँत माँझ्दा किन रगत बग्छ? गिजा स्वस्थ छैन भने दाँत माँझ...

बुद्धि बंगारा आउँदा किन दुख्छ? यस्ता छन् तथ्यहरु

Image
प्रारम्भिक परिवर्तनहरूमध्ये एक बुद्धि बंगारा आउनु हो। यो सबैभन्दा भित्री दाँत हो र यसलाई तेस्रो बंगाराको रुपमा लिइन्छ। बुद्धि बंगराको सेटले  दाँतको  ३२ संख्या  पूरा गरेको हुन्छ।  तीनवटा मोलरमध्ये एक मानिएको बुद्धि बंगारा १७ देखि २५ वर्षको किशोरावस्थाको उमेरमा आउने गर्छ।  जे होस्, बुद्धि बंगारा आउनु ज्ञान प्राप्ति वा अनुभव प्राप्तिसँग कुनै सम्बन्ध छैन र यो केवल एउटा  मिथ्या  मात्र हो। वर्षौंदेखिको, जीवनशैलीको ढाँचा र आहार बानीमा आएको परिवर्तनले बङ्गारा र  हड्डी वृद्धिसहित मानव शरीरको वृद्धि र विकासको ढाँचामा धेरै नै परिवर्तनहरू ल्याएको छ। वृद्धिमा सहयोग गर्ने कच्चा र प्राकृतिक खानेकुराको सट्टा परिष्कृत र प्याक गरिएको खानेकुराको सेवनले बङ्गारा र यस्को हड्डी वृद्धिलाई सीमित पार्छ र बुद्धि बंगाराको विकासको लागि आवश्यक पर्ने ठाउँलाई संकुचित पार्छ।  तेस्रो मोलर आउनको लागि कुनै विशेष सिद्धान्त छैन, यो केवल प्रकृति अनुकूलन हो। यो व्यक्ति अनुसार फरक हुने गर्छ। क़सैमा यो सबै चार पूर्ण रूपमा आएको हुन्छ भने कसैमा एउटा पनि नहुन सक्छ वा कसै...

बाङ्गो टिङ्गो दाँतले स्वास्थ्यमा के असर गर्छ? डा मुकुन्द झा

Image
भीडभाड हुने दाँत तब हुन्छ जब तपाईंको बङ्गारामा तपाईंको सबै दाँत फुट्नको लागि पर्याप्त ठाउँ हुँदैन। दाँत एकअर्काविरुद्ध धकेल्न र बाङ्गो हुन सक्छ। सामान्यतया, तपाईंको तल्लो बङ्गारामा दाँतहरू भिड हुन्छन्। तपाईंको तल्लो दाँतलाई समर्थन गर्ने हड्डी खोपडीमा सबैभन्दा पातलो हुन्छ, जसले गर्दा यी दाँतहरू सर्ने र भीडभाड हुने वा पकाउने सम्भावना बढी हुन्छ।  के भीडभाड हुने दाँत समस्या हो र यसले तपाईंको मुस्कानलाई कसरी असर गर्छ? अनुचित दाँत पङ्क्तिबद्धता: जब दाँतहरू ठीकसँग पङ्क्तिबद्ध हुँदैनन्, तिनीहरूले तपाईंको टोकाइमा समस्याहरू निम्त्याउन सक्छन्। यदि तपाईंको दाँत राम्ररी पङ्क्तिबद्ध छैन भने यो ठूलो कुरा जस्तो लाग्दैन, सत्य यो हो कि खराब टोकाइले तपाईले सोचे भन्दा बढी प्रभाव पार्छ। अनुचित पङ्क्तिबद्धताले तपाईंलाई टोक्न र चपाउन गाह्रो बनाउन सक्छ, जसले गर्दा खाना खाने र राम्रोसँग बोल्दा पनि समस्या उत्पन्न हुन सक्छ। केही बिरामीहरूले अनुचित पङ्क्तिबद्धताको परिणामको रूपमा दुखाइ वा असुविधा अनुभव गर्न सक्छन्। सौभाग्यवश, अर्थोडोन्टिक्सले धेरैजसो  मानिसहरूको लागि सरल समाधान प्रदान गर्दछन् ...

बिकाउनको लागी बाले अगाडि ‌दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !' डा गितु गैरे

Image
केही दिन अगाडिको कुरा हो, ओपीडीमा दुई दिदी र उहाँको सानो बाबु आइपुग्नुभयो। आजभोलीका आमाबाबु छोराछोरीको दाँत बिग्रन्छ कि, बाङ्गोटिङ्गो हुन्छ कि भनेर विशेष सजग रहेको पाइन्छन्। मैले पनि सहज अनुमान गरेर बाबुकै दाँत देखाउन होला भन्ने सोचें तर होइन रहेछ। बाबुको आमाको  दाँत किराले खायो भनेर जचाउन आउनुभ‌एको रहेछ। जब मैले चेकजाँच गरे तब सहानुभुति मात्रै दिन सकें। बत्तिस वर्षको उमेरमा दिदीको मुखमा दाँतको ठूटा मात्रै बाँकी थि‌ए‌। आगाडि फिक्स दाँत लगाउनु भ‌एको थियो। त्यसको पनि अवस्था राम्रो थि‌एन‌। मैले नम्र भ‌एर बेलैमा किन देखाउनु भ‌एन, बचाउन मिल्ने अवस्था छैन भनें। अगाडि फिक्स दाँत थियो बाँकी सबैजसो दाँतको ठुटा मात्रै बाँकी थियो। यस्तो अवस्थामा अब बिरामीलाई कराएर कामै थि‌एन। सहानुभूति दिएँ अनि सम्झाएँ र भनें 'अब अरुलाई जानेको कुरा भनिँदिनु। समयमै हस्पिटल जाने सल्लाह दिनु, कहिले दाँत दुख्छ अनि जचाउँन जाउँला भनेर कुरीबस्न नभन्नु‌।' अरु त म के नै भन्न सक्थे र के नै गर्न सक्थे र।  कुरैकुरामा ती दिदीको दिदीले केही भन्नुभयो ...